समसामयिक ज्ञान

१. पन्ध्रौँ योजना (२०७६/७७–२०८०/८१) को आधारपत्रअनुसार बेरोजगारी दर कतिमा झार्ने लक्ष्य राखिएको छ ?
-६ प्रतिशत (नोट – २०७४/७५ मा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ ।)
२. नेपालको सुदूरपश्चिम प्रदेशमा कोइली कराउन थालेपछि कोसेली लिएर दिदीबहिनी भेट्न जाने चलनलाई कुन पर्व भनिन्छ ?
-चैतेलो वा भेटौला पर्व
३. अध्ययनका लागि चन्द्रमामा पठाइएको इजरायलको अन्तरिक्षयान चन्द्रमाको सतहमा कहिले दुर्घटना भयो ?
-२०१९ अप्रिल १२
(नोट – इजरायलको “बेरेसिट” नामक यान मौसमको खराबीका कारण चन्द्रमाको सतहमा विस्फोट भएको हो ।)
४. नेपाल साप्ताहिकले “वर्ष व्यक्ति २०७५” कसलाई घोषणा गर्‍यो ?
-दुर्गादेवी पन्त (कञ्चनपुर), निर्मला पन्तकी आमा
५. पर्वतारोही डन वार्गोस्कीका अनुसार ७,१६२ मिटर अग्लो वरुणत्से हिमालमा पुग्ने कुकुरको नाम के हो ?
-मेरा (पोथी कुकुर) (नोभेम्बर ९, २०१८ मा उक्त कुकुर वरुणत्से हिमाल पुगेको हो ।)
६. पश्चिमी अफ्रिकी देश टोगोको राजधानी कहाँ रहेको छ ?
-लोम (नोट – टोगो नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने १६४ औँ राष्ट्र हो ।)
७. बाह्रौँ राष्ट्रिय बौद्ध सम्मेलन कहाँ सम्पन्न भयो ?
-लमजुङ (२०७५ चैत्र २४ गते)
८. राष्ट्रिय विकास परिषद् २०७५ को गठन कहिले भयो ?
-२०७५ चैत्र ८(नोट – राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७४ को व्यवस्थाअनुसार गठन भएको ।)
९. हालसम्मको रेकर्डअनुसार सबैभन्दा वृद्ध फुटबल खेलाडी को हुन् ?
-इन्साक खायिक (इजरायल) (नोटः– ७३ वर्षीय खायिक इजरायलको क्लब ओर येहुदाबाट गोलरक्षक बनी फुटबल खेलेका थिए ।)
१०. विभिन्न समयमा भएका युद्ध झल्किने गरी “युद्ध स्मारक पार्क” कहाँ निर्माण हुँदैछ ?
-कीर्तिपुर
११. २०७५ साल चैत्र १७ गते बारा र पर्सा जिल्लामा विध्वंश मच्चाउने गरी आएको आँधीहुरीलाई के नामाकरण गरिएको छ ?
िटोर्नाडो
१२. समलिंगी विवाहलाई ढुंगाले हानेर मार्ने कानुन बनाउने देश कुन हो ?
-ब्रुनाई
१३. हालै महिला विभेदविरुद्धको युएन समितिको उपाध्यक्षमा को नियुक्त भएकी छन् ?
-बन्दना राणा
१४. पाँचौं महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि कुन राष्ट्रले जित्यो ?
-भारत (नोटः– भारतले नेपाललाई फाइनलमा ३ का विरुद्ध १ गोलले पराजित गरेको हो ।)
१५. मानिसको वैज्ञानिक नाम होमोसेपिन्स हो भने भैँसीको वैज्ञानिक नाम के हो ?
-बुबालस बुबालिस
१६. राष्ट्रिय कलाश्री सम्मान २०७५ कसलाई प्रदान गरियो ?
-बैरागी काइला (नोट – उक्त पुरस्कारको राशी १ लाख रहेको छ ।)
१७. नेपालको पहिलो महिला सचिव को हुन् ?
-चन्द्रकला किरण
१८. “भिजन फाइभ मिलियन योजना” के हो ?
-प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सन् २०३०सम्म वार्षिक ५० लाख पर्यटक भिœयाउने लक्ष्यसहित तर्जुमा गरेको अभियान हो भिजन फाइभ मिलियन योजना ।
१९. ओजोन तहको क्षयीकरण नाप्ने एकाइ कुन हो ?
-डबसन
२०. चर्चित साहित्यिक उपन्यास “मृत्युको आयु” कृतिका लेखक को हुन् ?
-रवीन्द्र समीर
२१. काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखला ६,१५१ मिटर उचाइको ग्याल्जेन हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला कहिले प्रवेश गर्‍यो ?
-२०७५ चैत्र २६ (नोट – माया गुरुङ, मिलन लामा र सर्मिला थापाको टोलीले आरोहण गरेको हो ।)
२२. नेपाल सरकारले देशमा विद्यमान रहेका पाँचवटै विकास क्षेत्र कहिले खारेज गर्ने निर्णय गर्‍यो ?
-२०७५ चैत्र २८
२३. स्मार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९ को उपाधि कसले जित्यो ?
-प्रिन्सा खड्का

Post a Comment

0 Comments