आर्थिक कारोबारका प्रारम्भिक अभिलेख गोश्वारा भौचरको रकम सम्बन्धित खातामा पोस्टिङ गरेपछि सम्पूर्ण अभिलेखको गणितीय शुद्धता जाँच गरी सुधार गर्ने उद्देश्य लिई सबै खाताको डेबिट र क्रेडिटका रकम समावेश गरेर तयार पारिने विवरणलाई सन्तुलन परीक्षण भनिन्छ । यसको डेबिट पक्ष र क्रेडिट पक्ष दुवैको कुल रकम बराबर भएमा कुनै गल्ती नभएको मानिन्छ । दोहोरो लेखा प्रणालीको सिद्धान्त अवलम्बन गरेर तयार पारिने यो विवरण बनाउन कानुनी अनिवार्यता नभए पनि यसले अन्तिम खाता तयारीका लागि आधार प्रदान गर्छ ।
सन्तुलन परीक्षणका उद्देश्य
– लेखामा हुन सक्ने गणितीय त्रुटी पहिचान गर्नु,
– व्यवसायको नाफा नोक्सानको स्थिति जानकारी गराउनु,
– विषयगत खाताको सारांश निकाल्नु,
– वित्तीय विवरण तयार गर्न सहयोग गर्नु,
– खाताको अवस्थाबारे सूचना प्रवाह गर्नु,
– प्रारम्भिक अभिलेख र त्यसपछिका खातामा हुने कमजोरी सुधार गर्नु ।
0 Comments