खरिदार परिक्षा दिग्दर्शन लक्षित सूचना र संचार प्रविधि कृपया लाइक र शेयर गर्न नभुल्नु होला


खरिदार परिक्षा दिग्दर्शन लक्षित सूचना र संचार प्रविधि कृपया लाइक र शेयर गर्न नभुल्नु होला कम्प्यूटर भाइरस बनाउने पहिलो व्यक्ति को हुन ?
🔜🔄 गेन कुर्लेन विश्वमा पहिलो प्रोग्राम बनाउने programmer को हुन ? 🔜🔄 लेडि अगुष्टा एडालभलेस कम्प्युटरका पाँचवटा पुस्ताहरु कति छन , कुन कुन हुन र कहिले विभाजन गरिएको हो ? 🔄🔜सन 1960 बाट कम्प्युटरलाई पाँचवटा पुस्तामा विभाजन गरिएको हो 🔄🔜 पहिलो पुस्ताको कम्प्युटर सन 1946 देखि 1958 मा विकास भएका Mark-I, ENIAC, EDVAC, EDSAC, UNIVA, BURROUGHS यिनीहरुलाई पहिलो पुस्ताको कम्प्युटर को रुपमा लिइन्छ । 🔜🔄 दोस्रो पुस्ताका कम्प्यूटर 1958 देखि 1964 मा बनेका IBM 1401 , IBAM 1620, Control data corporation 3600, IBM 7090, IBM 7094, PDPI, Series ILO, Mark III, IBM 7094, आदि दोस्रो पुस्ताका कम्प्यूटरहरु हुन् 🔜🔄 तेस्रो पुस्ताका कम्प्युटर सन 1964 देखि 1971 भित्र बनेका Cyber 175, CDC 7600, ICL 1900, IBM 730 आदि तेस्रो पुस्ताका कम्प्यूटरहरु हुन 🔜🔄 चौथो पुस्ताको कम्प्युटर सन् 1971 देखि हालसम्म निर्मित IBM, Apple, Macintosh आदि चौथो पुस्ताका कम्प्युटर हुन् यसमा माइक्रो प्रोसेसरको प्रयोग गरिएको मेमोरीको रुपमा RAM प्रयोग गरिएको 🔜🔄 पाचौं पुस्ताको कम्प्युटर यस पुस्ताका कम्प्युटरमा bio-chips प्रयोग गरि बनाउने प्रयास जारी छ biochips लाई नै पाचौं पुस्ताको कम्प्युटर का रूपमा लिइन्छ संसारमा सबैभन्दा बढी प्रयोग गरिने इन्टरनेट साइट कुन हो ? 🔜🔄 डब्लुडब्लुडब्लु डट गुगल डट कम ****[ लिंक आएर डिस्टर्ब गर्ने भएकोले नेपाली मा लेखेको ] computer र communication कुन भाषाबाट आएका शब्दहरू हुन ? 🔜🔄 ल्याटिन नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा वाई म्याक्स को सुरुवात कहिलेदेखि भएको हो ? 🔜🔄 विसं 2069 कार्तिक 27 गते कम्प्युटरको सहायताले विश्वका विभिन्न भागमा रहेका मानिसहरुबीच एउटै टेबुलमा बसेर छलफल गरे झैं कुराकानी गर्ने प्रविधिलाई के भनिन्छ ? 🔜🔄 video confrence कम्प्युटरको सहायताले अर्को कम्प्युटरमा online रहेको मानिससँग लेखेर वा बोलेर खबर आदानप्रदान गर्न सकिने प्रविधिलाई के भनिन्छ ? 🔜🔄 video च्याटिङ विश्वभरिका विभिन्न कम्प्युटरलाई जोड्ने सञ्जाललाई के भनिन्छ ? 🔜🔄internet सबैभन्दा पुरानो इन्टरनेट सेवा कुन हो ? 🔜🔄 इमेल 🔜🔄इमेलकोसुरूवात- सन १९७६ संयुक्त राज्य अमेरीका बाट 🔜🔄 इमेलकोआविष्कार- Ray Tomlison Ad 1971 कम्प्युटरको आविष्कार कसले गरेका हुन र कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ? 🔜🔄 कम्पुटरकोआविष्कार- हर्मन पर्किन्स ; अमेरिका १८८८ 🔜🔄 कम्पुटरकापिता-चाल्स ब्याबेज & आमा-लेडिअगस्ता लभलेस टेलिफोनको आविष्कारक को हुन् ? 🔜🔄अलेक्जेन्डर gram bell रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो भने नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ? 🔜🔄 नेपालटेलिभिजनकोस्थापना- वि.सं. २०४१/माघ/ १७ 🔜🔄 नेपालटेलिभिजनलेनियमितप्रसारणसुरू- २०४२/४/२९ गते गोरखा पत्रको सुरुवात कहिलेदेखि भएको हो ? 🔜🔄विसं 1958 बैशाख 24 एक मेगावाइट मा कति किलो kilobyte हुन्छ ? 🔜🔄 1024 kb चिठीपत्र रेडियो टेलिभिजन पत्रपत्रिका बाट प्रवाह हुने सूचना प्रणाली लाई के भनिन्छ ? 🔜🔄 एकहोरो सूचना प्रणाली टेलिफोन मोबाइल फोन भिडियो च्याटिङ video confrence आदिबाट हुने सूचना प्रणाली लाई के भनिन्छ ? 🔜🔄 दोहोरो सूचना प्रणाली नेपालमा हुलाक सेवा कहिलेदेखि सञ्चालन भएको हो ? 🔜🔄 विसं 1935 🔜🔄 चिट्ठीमाटिकटटॉस्नेचलन - BS 1944/3/14 नेपालमा विश्वमा इन्टरनेटको ब्यापक प्रयोग कहिले देखि भएको हो सन् ? 🔜🔄 सन 1992 टेलिभिजनको आविस्कारक को हुन ? 🔜🔄 टेलिभिजनकोआविष्कार-जे एल बेयर्ड इंगल्याण्ड १९२६ नेपालमा पहिलोपटक कुन कामको लागि कम्प्युटर ल्याइएको थियो ? 🔜🔄 जनगणना विसं 2028 इन्टरनेटको दुरुपयोग केहो ? 🔜🔄 अस्लिल साइड को उपयोग web address मा gov. ले के जनाउँछ ? 🔜🔄 government दुईदेशबीच computer जोड्ने उदाहरण के हो ? 🔜🔄 WAN [ WAN- Wide Area Network ] email सर्वप्रथम सुरुवात अमेरिकामा कहिले भएको थियो ? 🔜🔄 सन 1976 नेपालमा सूचना प्रविधि पार्क कहॉ स्थापना भएको छ ? 🔜🔄 काभ्रेपलाञ्चोक जिल्ला HTML [ HTML- Hyper Text Markup Language] कस्तो प्रकारको भाषा हो ? 🔜🔄 scripting HTTP को पुरा रुप के हो ? 🔜🔄 HTTP- Hyper Text Transfer Protocal IBm को पुरा रुप के हो ? 🔜🔄 IBM- International Business Machine हार्डडिक्स लाई के पनि भनिन्छ ? 🔜🔄 secondary storage keyboard कस्तो प्रकारको device हो ? 🔜🔄 input device printer कस्तो प्रकारको device हो ? 🔜🔄 output device DOS को पुरा रुप के हो ? 🔜🔄 DOS- disk operating system CDMA को पुरा रुप के हो ? 🔜🔄 CDMA- CODE DIVISION MULTIPLE ACCESS 🔜🔄 CDMAप्रविधिकोटेलीफोनको सुरूवात वि.स. २०६२ माघ २३ VSAT को पुरा रुप के हो ? 🔜🔄 VSAT- Very Small Aperture Terminal PCB को पुरा रुप के हो ? 🔜🔄 PCB- Printed Circuit Board कम्प्युटरलाई काम गर्न सजिलो बनाउने software कुन हो ? 🔜🔄 system software इन्टरनेटबाट गरिने व्यापारलाई के भनिन्छ ? 🔜🔄 E- commerce वाइनरी प्रणालीमा प्रयोग हुने अंकहरु कुन² हुन ? 🔜🔄 ० र १ कुनैपनि संख्या गर्ने र कार्य गर्ने कम्प्युटर लाई के भनिन्छ ? 🔜🔄 Digital प्रयोग भएको थियो सूचना केन्द्र स्थापना भएको हो ? 🔜🔄 पर्वत नेपालमा इन्टरनेट प्रविधि सन् 1994 मा सर्वप्रथम कुन कम्पनीले प्रयोगमा ल्याएको थियो ? 🔜🔄 मर्कन्टायल company तारहिन इन्टरनेट सेवालाई के भनिन्छ ? 🔜🔄 Wi- Fi [ wireless fidelity] कम्प्यूटर क्षमता सम्बन्धी प्रयोग गरिने एकाइ 1 Byte 🔜 8 Bits 1Kb 🔜1024 Bytes 1Mb🔜 1024 Kb [ Kb- Kilobyte 1Gb 🔜 1024 Mb [ Mb- Megabyte] 1Tb 🔜 1024 Gb [ TB*

नेपालमा सर्बप्रथम कम्प्युटर कहिलेभित्रिएको थियो ? >>बि.स.२०२८ •बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टमकुन हो ? >>माइक्रोसफ्ट • पहिलोपटक इन्टरनेट शब्दको प्रयोगकहिले भएको थियो ? >>सन् १९३२ मा • विश्वमा सबैभन्दा बढी कम्प्युटरभएको देश कुन हो ? >>संयुक्त राज्य अमेरिका • कम्प्युटरका पिता भनेर कसलाइचिनिन्छ ? >>चाल्र्स वेबेज • विश्वको सबभन्दा पहिलो सुपरकम्प्युटरको नाम के हो ? >>क्रे के १ एस • नेपाली भाषामा कम्प्युटरलाई केभनिन्छ ? >>सुसाङ्ख्य •नेपालमा पर्सनल कम्प्युटर बनाउनेपहिलो व्यक्ति को हुन् ? >>मुनिबहादुर शाक्य • विश्वमा पर्सनल कम्प्युटरको सुरुवातकहिलेदेखि भयो ? >>सन् १९८१ देखि 11 •सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ? >>डगलसएजलबार्ट • नेपालको पहिलो साइबर क्याफे कुन हो ? >>सगरमाथा साइबर क्याफे •LAN : Local Area Network • CD : Compact Disc • कम्प्युटरको माध्यमले पत्र, दस्तावेज,ग्राफिक्स आदि एक ठाउँबाटअर्को ठाउँमा पठाउने माध्यमलाई केभनिन्छ ? >> इमेल •कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप केलेबनेको हुन्छ ?>> सिलिकन कम्प्युटर
কম্পিউটার বিষয়ক কিছু গুরুত্বপূর্ণ পুর্ণরুপ ৤ ✲ HTTP — Hyper Text Transfer Protocol. ✲ HTTPS — Hyper Text Transfer Protocol Secure. ✲ IP — Internet Protocol. ✲ URL — Uniform Resource Locator. ✲ USB — Universal Serial Bus. ✲ VIRUS — Vital Information Resources Under Seized. ✲ 3G — 3rd Generation. ✲ GSM — Global System for Mobile ✲ GIF এর পূর্ণরূপ — Graphic Interchangeable Format. ✲ BMP এর পূর্ণরূপ — Bitmap ✲ JPEG এর পূর্ণরূপ — Joint Photographic Expert Group. ✲ PNG এর পূর্ণরূপ — Portable Network. ✲ Wi-Fi র পূর্ণরূপ — Wireless Fidelity. ✲ URL এর পূর্ণরূপ — Uniform Resource Locator. ✲ IP এর পূর্ণরূপ— Internet Protocol. ✲ VIRUS এর পূর্ণরূপ — Vital Information Resource Under Seized. ✲ UMTS এর পূর্ণরূপ — Universal Mobile Telecommunicati on System. ✲ RTS এর পূর্ণরূপ — Real Time Streaming. ✲ AVI এর পূর্ণরূপ — Audio Video Interleave. ✲ SIS এর পূর্ণরূপ — Symbian OS Installer File. ✲ AMR এর পূর্ণরূপ — Adaptive Multi-Rate Codec. ✲ JAD এর পূর্ণরূপ — Java Application Descriptor. ✲ JAR এর পূর্ণরূপ — Java Archive. ✲ MP3 এর পূর্ণরূপ — MPEG player lll. ✲ 3GPP এর পূর্ণরূপ — 3rd Generation Partnership Project. ✲ 3GP এর পূর্ণরূপ — 3rd Generation Project. ✲ MP4 এর পূর্ণরূপ — MPEG-4 video file. ✲ SIM এর পূর্ণরূপ — Subscriber Identity Module. ✲ 3G এর পূর্ণরূপ — 3rd Generation. ✲ GSM এর পূর্ণরূপ — Global System for Mobile Communication. ✲ CDMA এর পূর্ণরূপ — Code Divison Multiple Access. ✲ AAC এর পূর্ণরূপ — Advanced Audio Coding. ✲ SWF এর পূর্ণরূপ — Shock Wave Flash. ✲ WMV এর পূর্ণরূপ — Windows Media Video. ✲ WMA এর পূর্ণরূপ — Windows Media Audio.
इन्टरनेट {INTERNET}: 📖📖📖📖📖📖📖📖 १) विश्वको सबैभन्दा ठूलो कम्प्यूटर नेटवर्क कुन हो ?? 👉इन्टरनेट २) ई-मेल को जन्मदाता को हुन् ?? 👉रे. टमलिंसन ३) इन्टरनेटमा प्रयोग हुने www को पूरा रूप के हो ?? 👉World Wide Web ४) बर्ल्ड वाइड बेव (www) को आविष्कारक को हुन् ?? 👉टिम वर्नर-ली ५) इन्टरनेटमा राखिएको विश्वको पहिलो उपन्यास कुन हो ?? 👉राइडिङ् द बुलेट ६) भारतको पहिलो साइबर अपराध पुलिस स्टेशन कहाँ छ ?? 👉कटक (ओडिशा) ७) http को पूर्णरूप के हो ?? 👉Hyper Text Transfer protocol ८) द. एसियामा आफनो वेवसाइट बनाउने पहिलो राजनीतिक पार्टी कुन हो ?? 👉भारतीय जनता पार्टी ९) नेपालको पहिलो wifi free जिल्ला कुन हो ?? 👉म्याग्दी १०) गूगल, याहू, एमएसएन र रेडिफ के हो ?? 👉इन्टरनेट सर्च इन्जिन ११) फ्री ई-मेल सेवा हटमेल (Hot mail) को जन्मदाता को हुन् ?? 👉सबीर भाटिया १२) इन्टरनेटको जन्मदाता कसलाई मानिन्छ ?? 👉विन्टन जी. सर्फ १३) कुन प्रणालीमा इन्टरनेट द्वारा व्यापार गर्न सकिन्छ ?? 👉ई-कमर्स १४) ई-मेल को पूरा रूप के हो ?? 👉Electronic Mail १५) सर्वप्रथम इन्टरनेटको आरम्भ सन् 1969 मा कुन विभाग द्वारा गरिएको थियो ?? 👉अमेरिकी रक्षा विभाग (ARPANET –Advanced Research Project Agency Net) १६) इन्टरनेटको पहिलो सफल सफ्टवेयर कुन हो ?? 👉मोजाइक (MOSAIC)
 
 

वर्ड

प्रोसेसिङ भनेको शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको जस्तो आकारमा ल्याउने भन्ने बुझिन्छ । टाइप गरिएका शब्दहरूलाई आवश्यक फन्ट (font) को साइज, आकार र रङ मिलाएर आफूले चाहेको जस्तो डकुमेन्ट बनाई, त्यसलाई भविष्यको प्रयोजनका लागि कम्प्युटरमा सेभ गरिन्छ । यसअन्तर्गत टाइप गरेको प्याराग्राफको स्पेसिङ मिलाउने, आवश्यक मात्रामा बोल्ड तथा अन्डरलाइन गर्ने, विभिन्न स्टाइलहरू दिएर एक आकर्षक डकुमेन्ट तयार पार्ने आदि कार्यहरू पर्दछन्। वर्ड प्रोसेसिङ सफ्टवेयर (Word Processing Software) वर्ड प्रोसेसिङ सफ्टवेयर भनेको एक प्रकारको एप्लिकेसन प्रोग्राम हो । यो प्रोग्राम कम्प्युटरमा डकुमेन्टहरू तयार पार्नका लागि प्रयोग गरिन्छ । यसको प्रयोग गरेर विभिन्न प्रकारका रिपोर्टहरू, चिठीपत्र, निवेदन, कार्यालयका डकुमेन्ट जस्तो ब्रोसर (brochure), कानुनी पेपर (legal paper) हरूका साथै अरू विभिन्न किसिमका डकुमेन्ट तयार परिन्छ । यसरी तयार पारेका डकुमेन्टहरूलाई आवश्यकता अनुसार प्रिन्टरको माध्मबाट प्रिन्ट पनि गरिन्छ । यसको प्रयोग घर, विद्यालय, सरकारी तथा निजी कार्यलयहरू, उद्योगधन्दा, अस्पताल, बैङ्क, प्रकाशन गृह आदिमा गरिन्छ। वर्ड पोसेसिट सफटवेयरका विशेषता (Feature of Word Processing Software) (क) टेक्स्टलाई टाइप गर्न सकिन्छ । (ख) टाइप गरिएका टेक्स्टहरूलाई आफूले चाहेको जस्तो आकारमा चित्रहरूसहित त्यसलाई परिर्वतन गर्न सकिन्छ। (ग) तयारी डकुमेन्टलाई प्रिन्ट गर्न सकिन्छ । (घ) विभिन्न आकारमा पेज सेटअप गर्न सकिन्छ । (ङ) चित्र तस्बिर आदि डकुमेन्टमा राख्न सकिन्छ। (च) स्पेलिङ तथा ग्रामर मिलाउन सकिन्छ । (छ) पेज नम्बर हेडर, फुटर राख्न सकिन्छ । (ज) एउटा डकुमेन्ट दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाम र ठेगानाका लागि प्रिन्ट गर्न सकिन्छ। (झ) एउटै कुरालाई कपी, पेस्ट गर्न आवश्यक कुरालाई सजिलै हटाउन सकिन्छ । (ज) टाइप गर्दै जाँदा लाइनको अन्तबाट अटोमेटिक अर्को लाइनमा झार्न सकिन्छ। यस पाठमा वर्ड प्रोसेसिङ सफ्टवेयरका बारेमा विस्तृत जानकारी लिन र त्यसको प्रयोग गर्नका लागी एमएस वर्डका बारेमा विस्तृत रूपमा गरिन्छ। एमएस वर्ड (MS-Word) एमएस वर्डको पुरा रूप Microsoft Word हो। यो कम्प्युटरको प्रख्यात वर्ड प्रोसेसिङ प्रोग्राम हो। यो प्रोग्राम अमेरिका स्थित माइक्रोसफ्ट कम्पनी (Microsoft Company) ले बनाएको हो। यो प्रोग्राम एम.एस. अफिस प्याकेज (MS-office package) सँग आउँछ । 

 

कम्प्युटरका पुस्ताहरूलाई वर्णन गर।

कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कस्ता प्रविधि प्रयोग गरिएका थिए र तिनका विशेषताहरु कस्ता थिए भनेर अध्यन गर्न कम्प्युटरका पुस्ताहरुहरुलाई पाँच खण्डमा विभाजन गरिएको छ । १. पहिलो पुस्ताको कम्प्युटर: इ.सं. १९४७ देखि १९५८ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर पहिलो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा भ्याकुम ट्युब र भल्बहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरको आकारमा ठूला, बढि ताप उत्पादन गर्ने, काम ढिलो र मूल्य बढि थियो । २. दोस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९५९ देखि १९६५ सम्म उत्तर: अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा ट्रान्जिस्टरहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरले काम माइक्रो सेकेन्डमा र तुलनात्मक रुपमा पहिलो पुस्ताको कम्प्युटर भन्दा कम ताप उत्पादन र कम बिजुली खपत गर्थें । ३. तेस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा आइसीको प्रयोग गरिएको थियो । यो कम्प्युटरमा काम गर्ने गति नानो सेकेन्डमा वृद्वि भएको थियो । यो पुस्ताको कम्प्युटर आकारमा सानो, छिटो काम गर्न सक्ने एवं किबोर्ड र मनिटरको प्रयोग भएको थियो । ४. चौंथो पुस्ताको कम्प्युटर: इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटर धेरै सानो, धेरै भण्डारण क्षमता भएको र म्याग्नेटिक डिस्कहरुको प्रयोग भएको कम्प्युटर हो । हाल हामीले प्रयोग गर्ने गरेका कम्प्युटर यसै कम्प्युटरमा पर्छन । ५. पाँचौं पुस्ताको कम्प्युटर: पाँचौ पुस्ताको कम्प्युटर पूर्ण रुपमा विकसित भैसकेका छैनन तर यसको व्यापक खोज अनुसन्धान भैरहेको छ । यस पुस्ताको कम्प्युटरमा बायो चिप्स, नेचुरल ल्याङ्ग्वेज र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । हाल विकसित रोबोट वा यन्त्रमानव यसको एउटा नमूना हो । 
 

सफ्टवेयरबारे उदाहरण सहित लेख ।

कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । कम्प्युटर सफ्टवेयर बिना हार्डवेयरले मात्र काम गर्न सक्दैन । यसकारण हार्डवेयर र सफ्टवेयर बिच पारस्परिक सम्बन्ध रहेको हुन्छ । सफ्टवेयरलाई साधारणतया तीन भागमा बाँडिएको हुन्छ । तिनीहरू निम्नानुसार छन : क. सिस्टम सफ्टवेयर: एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 😎, विन्डोज टेन (Windows 😎, लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी । ख. एप्लिकेसन सफ्टवेयर: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chome Browser), वर्डप्याड (Wordpad) आदी । ग. युटिलिटी सफ्टवेयर: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी । 
 

 

IPO Crycle of Computer

१. इन्पुट (Input): कम्युप्टरले डाटा र इस्ट्रक्सन (instruction) इम्पुट साधनबाट प्राप्त गर्दछ, जस्तै : किबोर्ड (keybord), माउस (mouse), माइक्रोफोन (microphone) र स्क्यानर (scanner) इत्यादि । २. प्रोसेसिङ (Processing) : कम्प्युटरले प्रयोगकर्ता (user) बाट प्राप्त निर्देशनअनुसार इन्पुट साधनहरूबाट दिएको डाटाहरूलाई प्रशोधन गर्ने कार्यलाई प्रोसेसिङ भनिन्छ । यो कार्य कम्प्युटरको सेन्ट्रल प्रोसेसिङ युनिट (Central Processing Unit (CPU) ले गर्दछ । ३. आउटपुट (Output) : प्रोसेसिङ (porocessing) कार्य सम्पन्न भइसकेपछि त्यसका परिणाम (result) प्रयोगकर्तासम्म पुयाउने कार्यलाई आउटपुट भनिन्छ । यो कार्य कम्प्युटरका आउटपुट साधनहरूबाट सम्पन्न गरिन्छ । जस्तै : मनिटर monitor), स्पिकर (speaker), प्रिन्टर (printer) आदि । ४. स्टोरेज (Storage) : कम्प्युटरले डाटा वा इन्फरमेसनहरूलाई स्थायी वा अस्थायी रूपमा भण्डारण गर्न सक्छ । यी कार्यहरू स्टोरेज (storage) साधनहरू जस्तै यम (RAM), हार्डडिक्स (Harddisk), अप्टिकल डिक्स (Optical Disk) आदिले गर्दछन् । 
 

कम्प्युटरका आधारभूत शब्दहरू

१. डाटा (data) : डाटा भनेको तव्य (fact) वा परिमाण (figure) को सङ्कलन हो, जस्तै: कुनै पसलेले दिनभरिमा बेचेका वस्तुको परिमाण, कुनै लेखको एक हरफ, कुनै हिसाबमा प्रयोग गरेका गणितीय अङ्कहरू आदि । २. इन्फरमेसन (information) : डाटालाई प्रोसेसिङ (processing) गरेपछि प्राप्त हुने अर्थपूर्ण परिणाम (meaningful result) लाई इन्फरमेसन भनिन्छ, जस्तै : डोल्मा, ७५ प्रतिशत, गणित आदि । डाटाहरूलाई प्रोसेसिङपछि डोल्माले गणितमा ७५ प्रतिशत अङ्क ल्याई इन्फरमेसन हो । ३. प्रोग्राम (program) : प्रोग्राम भनेको निर्देशनहरूको सङ्कलन (set of instructions) हो, जुन कम्प्युटरले बुझ्न सकिने भाषामा प्रोग्रामिङ ल्याङ्वेज (programming language) को प्रयोग गरी लेखिएका हुन्छन् । प्रोग्राम कम्प्युटरमा कुनै निश्चित कार्य गर्नको लागि लेखिन्छ, जस्तै : कुनै विद्यार्थीको विभिन्न विषयमा प्राप्त अङ्कका आधारमा उसको नतिजा निकाल्नु र प्रतिशतको आधारमा उसको डिभिजन निकाल्नु (प्रथम डिभिजन, दोस्रो डिभिजन, आदि)। ४. हार्डवेयर (hardware) : हार्डवेयर भनेको कम्प्युटरमा जडित सम्पूर्ण इलेक्ट्रोनिक्स र मेकानिकल उपकरणहरू हुन् । हार्डवेयरलाई हामीले देख्न र छुन सक्छौं । साथै सजिलोसँग मापन गर्न र सङ्ख्या पत्ता लगाउन सकिन्छ, जस्तै किबोर्ड, माउस, मनिटर, प्रिन्टर, स्पिकर आदि। ५. सफ्टवेयर (software) : सफ्टवेयर भनेको विभिन्न प्रोग्रामहरूको सङ्कलन हो, जुन कुनै निश्चित कार्य गर्नका लागि बनाइएको हुन्छ । कम्प्युटर सफ्टवेयरले हार्डवेयरहरूलाई कसरी काम गर्ने भनी निर्देशन दिन्छ । यसलाई प्रत्यक्ष छुन सकिदैन । 
 
 

हार्डवेयरहरु

- सिपियु (CPU) - मनिटर (Monitor) - किबोर्ड (Keyboard) - माउस (Mouse) - स्पिकर (Speaker) - र्याम

(RAM) - रोम (ROM) - हार्ड डिस्क (Hard Disk) सफ्टवेयरहरु

- सबै अपरेटिङ सिस्टमहरु: Windows XP (विन्डोज एक्स्पी), Windows 2000 (विन्डोज २०००), Windows 7 (विन्डोज सेभेन), Windows 8 (विन्डोज एट), Windows 10 (विन्डोज टेन), Android (एन्ड्रोइड), Linux (लिनक्स), Ubuntu (युबुन्टु), Blackberry (ब्लाकबेरी), आदी । - सबै एप्लिकेसन सफ्टवेयरहरु: MS Office (एम.एस. अफिस), Web Browser (वेव ब्राउजर), Graphics Software (ग्राफिक्स सफ्टवेयरहरु), आदी । 
 
 

स्प्रेडसिट

भनेको कम्प्युटरको एप्लिकेसन सफ्टवेयर (application software) हो । यो सफ्टवेयर हिसाब गर्न र त्यसबाट निस्किएका नतिजाहरूलाई मूल्याङ्कन (evaluation) गर्नका लागि प्रयोग गरिन्छ । यी स्प्रेडसिट (spreadsheet) हरू पङ्क्ति (row) र स्तम्भ (column) हरूको मिश्रणबाट बनेको हुन्छ । म्यानुवल (manual) ग्राफको कागजी सिट प्रयोग गरे जस्तै हो तर यो विद्युतीय माध्यममा हुन्छ । प्रेडसिट (spreadsheet) हरू कार्यालयको हिसाब गर्न, त्यसको परिणाम तयार पार्न, आर्थिक प्रतिवेदन (financial report) तयार पार्न, तलबी प्रतिवेदन (salary sheet), विद्यालय, क्याम्पस, विश्व विद्यालयमा विद्यार्थीहरूको परीक्षा फल तयारी जस्ता काममा स्प्रेडसिट सफ्टवेयरको प्रयोग गरिन्छ। यस्ता स्प्रेडसिट कागजमा लेखेर पनि तयार पारिन्छ जसलाई हातले बनाएको वा म्यानुबल स्प्रेडसिट भनिन्छ । तर कम्प्युटरमा बनाएका स्प्रेडसिटलाई विद्युतीय स्पेडसिट (electronic spreadsheet) भनिन्छ । Lotus 1-2-3, Quatropro, Excel, आदि Electronic Spreadsheet प्रोग्राम हुन्। स्प्रेडसिटका विशेषताहरू (Features of Spreadsheet) (क) सजिलो तथा गारो गणितीय कार्य गर्न सकिन्छ । (ख) डाटाहरूलाई टेबुलर फर्मेटमा राख्न सकिन्छ । (ग) सुरक्षित गरिएका डाटाहरू परिमार्जन गर्दा जोड आदि स्वत: परिमार्जन हुन्छन् । (घ) चार्टहरू निर्माण गर्न सकिन्छ । माइक्रोसफ्ट एक्सेल (Microsoft Excel)

माइक्रोसफ्ट एक्सेल अत्यन्तै लोकप्रिय स्प्रेडसिट सफटवेयर हो ।यो सफ्टवेयर विन्डोज अप्रेटिङ सिस्टम (windows operating system) भएका कम्प्युटरहरूमा माइक्रोसफ्ट अफिस प्याकेज (Microsoft Office Package) राखेपछि प्रयोग गर्न सकिन्छ । यस प्रोग्राममा कम्प्युटरमा हिसाब गर्न र हिसाब राख्न धेरै सूत्रहरू (formula) र फङ्सन (function) छन् जसले गर्दा हिसाब गर्न र नम्बर डाटाहरूलाई प्रशोधन गर्न सजिलो हुन्छ । यस प्रोग्राममा बनेका फाइललाई वर्कबुक (workbook) भनिन्छ । यसका फाइलको extension नाम .xlsx हुन्छ । यो प्रोग्राम अमेरिकाको माइक्रोसफ्ट (Microsoft) कम्पनीले बनाएको हो । MS-Excel 2003, MS-Excel 2007 र MS-Excel 2010 लोकप्रिय भर्सन हुन् । यस पाठमा MS-Excel-2007 बारेमा चर्चा गरिने छ । माइक्रोसफ्ट एक्सेलका विशेषताहरू (Features of MS-Excel) (क) यसले जियुआई (GUI-graphical user interface) गर्न सपोर्ट गर्छ । (ख) यसले दुई वा दुईभन्दा बढी वर्क सिट (work sheet) मा काम गर्न सजिलो बनाउँछ । (ग) यसमा विभिन्न किसिमका रेखा चित्र (Graphic) हरू बनाउन सकिन्छ । (घ) यसमा विभिन्न किसिमका हिसाब सजिलै हल (solve) गर्न सकिन्छ । 
 
एमएस एक्सेल स्क्रिनका भागहरू (Components of MS-Excel) १. टाइटल बार (Title Bar) २. रो हेडिङ (Row Heading) ३. कलम हेडिङ (Column Heading) ४. वर्कसिट ट्याब (Work sheet Tab) ५. स्क्रल बटन (Worksheet tab scroll Button) ६. स्क्रल वार (Scroll Bar) ७. मेनु ट्याब बटन (Menu Tab Button) ८. रिबन (Ribbon) ९. फर्मुला बार (Formula Bar) 

Post a Comment

0 Comments