८. संसद्मा संसदीय समिति किन बनाइन्छ ? कारण दिनुहोस् ।
संसद ठूलो हुन्छ र संसद्मा सांसद सङ्ख्या पनि धेरै हुन्छन् । त्यसैले जति बेला पनि संसद् बैठक बस्न प्रायः असम्भव हुन्छ । संसद्मा दलीय प्रभाव बढी हुन्छ र सांसदले दलको प्रतिनिधि भएर आफ्नो निजी विचारभन्दा दलको विचार राख्नुपर्ने हुन्छ । सबै सांसदले एउटै बैठकमा विचार राख्न पनि समय अभाव हुन्छ । कतिपय विषय तथा क्षेत्रमा विषयविज्ञको पनि आवश्यकता पर्न सक्दछ तर संसद्मा विषयविज्ञलाई आमन्त्रण गर्न सम्भव हँुदैन । पेस भएका विधेयकमा दफावार छलफल गरी सहमति कायम गर्न पनि गाह्रो हुन्छ । त्यसकारण संसद्का सदस्यहरूको ज्ञान, अनुभव एवं पृष्ठभूमिसमेतलाई ध्यान दिई सबै सदस्यको यथासम्भव प्रतिनिधित्व हुने गरी सानो आकारमा संसदीय समिति बनाइन्छ । यो नै संसद्मा संसदीय समिति बनाउनुपर्ने मुख्य कारण हो । अरू कारण पनि छन्, जुन निम्न छन् ः– संसद्को कार्यबोझ र समय कम गर्न,
– विधेयकउपर व्यापक, सघन एवं विस्तृत रूपमा छलफल गर्न,
– दलीय राजनीतिबाट अलि माथि उठेर विषयवस्तुउपर निष्पक्ष छलफल गर्न,
– संसद्मा दलीय नभई साझा दृष्टिकोण तयार गर्न,
– संसद्का कार्यलाई सहजीकरण गर्न,
– संसदीय मूल्य मान्यताको प्रवद्र्धन गर्न,
– संसदीय कार्य प्रणालीलाई थप प्रभावकारी बनाउँदै सरकारलाई जिम्मेवार, जवाफदेही बनाउन ।
– नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभामा दस, राष्ट्रिय सभामा चार र दुवै सदनको प्रतिनिधित्व हुने गरी दुई संयुक्त समिति गरी जम्मा १६ संसदीय समितिको व्यवस्था छ ।
0 Comments