२. समूहगत कार्य भनेको के हो ? लेख्नुहोस् ।

 २. समूहगत कार्य भनेको के हो ? लेख्नुहोस् ।

 साझा उद्देश्य प्राप्ति गर्नका लागि दुई वा सो भन्दा बढी व्यक्तिहरू एक आपसमा आबद्ध भएर गर्ने कार्यलाई समूहगत कार्य भनिन्छ । यो समूहद्वारा सामूहिक रूपमा गरिने कार्य हो । यसमा समूहका सदस्यहरू साझा उद्देश्यका लागि एक–अर्काप्रति आश्रित र अन्तरसम्बन्धित भएर आपसी छलफल गरी कार्यसम्पादन गर्दछन् । यसमा विशेष कामका लागि समूह बनाइने, समूहका सदस्यहरूबीच आपसी विश्वास, सद्भाव र सहयोग बढाइने, सदस्यबीच व्यापक छलफल हुने, पदसोपान नभई हाकिम र कारिन्दाको अवस्था नहुने, सदस्यहरू स्वतन्त्र र स्वयम् नियन्त्रित हु्न्छन् । यसबाट कर्मचारीमा कार्यप्रेरणा बढेर उत्पादन र उत्पादकत्व बढ्दछ । सामान्यतया कुनै तोकिएको खास उद्देश्य प्राप्तिका लागि औपचारिक समूहको घेराभित्रैबाट खास व्यक्तिहरू सम्मिलत भई कार्यसम्पादन गर्नका लागि समूहगत कार्यको अवधारणा विकास भएको हो ।

Post a Comment

0 Comments