२. नेपालको सरकारी निकायहरूले अवलम्बन गरेको लेखा प्रणाली र यसका सबल तथा दुर्बल पक्षहरूबारे लेख्नुहोस् ।
नेपालको सरकारी निकायहरूको आय र व्ययको व्यवस्थित अभिलेख र सोको यथार्थ प्रतिवेदन गर्न अवलम्बन गरिएको लेखा प्रणाली नयाँ स्रेस्ता प्रणाली हो । यो स्रेस्ता विसं २०१९ देखि लागू भई आव २०२४÷२५ सम्म नेपालभर क्रमिक रूपमा लागू गरिएको थियो । केन्द्रीयस्तर र कार्यसञ्चालन गरी दुवै स्तरमा लागू गरिएको यो लेखा प्रणालीमा नगदमा लेखा राखिन्छ । यसमा बाँकी लेनदेनको हिसाब हुँदैन । यो लेखा दोहोरो लेखा प्रणालीमा आधारित छ । विनियोजन, राजस्व, धरौटी, जिन्सी र आयोजनाको अलग–अलग लेखा राखिँदै आएको यस लेखा प्रणालीका सबल र दुर्बल पक्षहरू निम्न छन् ।सबल पक्षहरू
– दोहोरो लेखामा आधारित भएकाले त्रुटी एवम् छलकपट नहुने, भएमा सजिलै पत्ता लगाउन सकिने,
– नगदमा लेखा राखिने हुँदा सरल,
– लेखा राख्न निश्चित फाराम तोकिएको,
– बजेट नियन्त्रणको व्यवस्था,
– आन्तरिक नियन्त्रणको व्यवस्था,
– सबै कार्यालयमा एकरूपता,
– लेखा परीक्षणको अनिवार्य व्यवस्था ।
दुर्बल पक्षहरू
– नगदको मात्र लेखा राख्दा सरकारी कारोबारको यथार्थ अवस्था नदेखिनु,
– बढ्दो बेरुजु नियन्त्रण हुन नसक्नु,
– लेखा नतिजामूलक हुनुपर्नेमा प्रक्रियामूलक भएको,
– खर्च नियन्त्रण प्रभावकारी रूपमा गर्न नसकिएको,
– पारदर्शिताको पक्ष कमजोर रहेको ।
0 Comments