उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार १. उद्योग भन्नाले के बुझिन्छ ? उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार के–के हुन् ? संक्षेपमा लेख्नुहोस् ।

 उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार

१. उद्योग भन्नाले के बुझिन्छ ? उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार के–के हुन् ? संक्षेपमा लेख्नुहोस् ।

 सीप र साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । उद्योगहरू घरेलु, कुटीर, साना, मझौला तथा ठूलाखालका हुन्छन् । देशलाई आत्मनिर्भर र विकसित बनाउन उद्योगधन्दाको महŒवपूर्ण हात हुन्छ । उद्योगधन्दा मुलुकको आर्थिक विकासका वाहक हुन् । रोजगारी सिर्जनाका आधारशिला हुन् ।
– उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार
– उद्योग सञ्चालनमा सरकारी स्पष्ट नीति तथा कानुनी व्यवस्था, सरकारी सहयोग, सहजीकरण, समन्वय तथा नियमन, मुलुकमा लगानीमैत्री वातावरण, निजी क्षेत्रलाई सहयोग गर्ने राजनीतिक प्रणालीको आवश्यकता त पर्छ नै, यी सँगै उद्योग सञ्चालनमा निम्न पूर्वाधार आवश्यक पर्दछ ः
– कच्चा पदार्थ,
– यातायात तथा सञ्चारको सुविधा,
– विद्युत् तथा अन्य ऊर्जा,
– दक्ष जनशक्ति,
– बजार,
– पुँजी,
– वित्तीय सुविधा ।

Post a Comment

0 Comments