१. दिगो विकास लक्ष्य भनेको के हो ? लेख्नुहोस् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ देखि २०३० सम्म विश्वको रूपान्तरण र विकासको हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ सन् २०१५ को सेप्टेम्बरमा गरेको विश्वव्यापी घोषणालाई दिगो विकास लक्ष्य भनिन्छ । यसमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ वटा विश्वव्यापी सूचक निर्धारण गरिएका छन् । यसले विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गर्ने मान्यता लिएको छ । यसमा सामाजिक, आर्थिक र पर्यावरणीय गरी तीन आयाम समावेश गरिएको छ । गरिबी र भोकमरी अन्त्य गर्ने, शिक्षा र स्वास्थ्य सबैलाई पु-याउनेदेखि लैङ्गिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा ऊर्जाको पहुँच, रोजगारीको प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पूर्वाधार विकास र दिगो सहरीकरणजस्ता विषय यसमा समेटिएका छन् ।- Home
- संध लाेकसेवा अायाेग
- प्रदेश लाेकसेवा अायाेग
- _१ नं प्रदेश
- _२ नं प्रदेश
- _बाग्मती प्रदेश
- _गण्डकी प्रदेश
- _लुम्बिनी प्रदेश
- _कर्णाली प्रदेश
- _सुदुर पश्चिम प्रदेश
- पाठ्यक्रम
- _संघ लाेकसेवा
- _प्रदेश लाेकसेवा
- __१ नं प्रदेश
- __२ नं प्रदेश
- __बाग्मती प्रदेश
- __गण्डकी प्रदेश
- __लुम्बिनी प्रदेश
- __कर्णाली प्रदेश
- __सुदुरपश्चिम प्रदेश
0 Comments