२. आर्थिक विकासमा पुँजी बजारको भूमिकाबारे चर्चा गर्नुहोस् ।
एक वर्षभन्दा बढी पुँजीको माग र आपूर्ति हुने बजार पुँजी बजार हो । यसमा टे«जरी विलबाहेकका दीर्घकालीन वित्तीय उपकरणहरू मुद्दती निक्षेप, ऋणपत्र, विकास ऋणपत्र, सेयर, बन्ड आदिको खरिद बिक्री हुन्छ । पुँजी बजारले पुँजी मागकर्ता र आपूर्तिकर्ताबीच पूलका रूपमा कार्य गरेको हुन्छ । पुँजी बजारले आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्दछ, जसलाई निम्नअनुसार चर्चा गर्न सकिन्छ ः– छरिएर रहेको साधन एकीकृत हुने,
– बचत परिचालनमा सहयोग,
– लगानीमा बढोत्तरी,
– राजस्व परिचालनमा सहयोग,
– रोजगारी सिर्जनामा मद्दत,
– उच्च आर्थिक वृद्धिमा सहयोग,
– आर्थिक विकास र विस्तारमा टेवा,
– पूँजी वृद्धि र निर्माण हुने,
– लगानीमैत्री वातावरण निर्माणमा सहयोग,
– वित्तीय उपकरणहरूको वृद्धि, विकास र विस्तार,
– बैङ्क तथा वित्तीय संस्थाको कारोबारमा वृद्धि,
– वित्तीय साक्षरता वृद्धिमा सहयोग ।
0 Comments